प्रदीपकुमार उदयले निर्माण गरेको चलचित्र 'पहिलो पहिलो माया' प्रेमकथामा आधारित छ । चलचित्रमा नायिका एउटी छिन् भने नायक दुई जना छन् । बाल्यवस्थादेखिको प्रेमको सेरोफेरोमा निर्देशक दीपक श्रेष्ठले चलचित्रलाई अघि बढाएका छन् । यसै सातादेखि उपत्यका बाहिरका स्थानहरूमा क्रमशः प्रदर्शन गरिन थालिने यो चलचित्रमा निखिल उप्रेती र राजवल्लभ कोइराला नायक छन् ।

कथा अनुसार सागरले आफ्नी बालसखी चाँदनीलाई १२ वर्षपछि भेट्छन् । चाँदनी भर्खरै विदेशबाट उच्च अध्ययन सकेर फर्केकी हुन्छिन् । उनीहरू एक-अर्कालाई प्रेम गर्न थाल्छन् । चाँदनीका बाबु प्रतापसिंहलाई उनीहरूको सम्बन्ध स्वीकार्य हुँदैन । बाबुसाग विद्रोह गरेर भए पनि उनी सागरलाई माया गर्न थाल्छिन्, परिणाम चाँदनी गर्भवती हुन्छिन् । प्रतापसिंह उनको गर्भ तुहाउने प्रयत्नमा लाग्छन् तर सागरले शिशुलाई बचाएर आफुसागै लैजान्छन् । बच्चा जन्मले अपांग हुन्छ ।
१० वर्ष जतिपछि सागरले शिशुको उपचारका लागि डाक्टरसाग सम्पर्क राख्छन् । संयोगवश ती डाक्टरसागै चाँदनीको विवाह हुन लागेको हुन्छ । डाक्टर र शिशुबीच मित्रता भएपछि सागरको पनि डाक्टरसाग मित्रता गाँसिन्छ । त्यसपछि डाक्टरको भेट चाँदनीसाग हुन्छ । विवाहका लागि तयार डाक्टर तथा हराएका प्रेमी र शिशुको दोसाँधमा चाँदनी उभिन्छिन् । उल्लेख गरिरहनु नपर्ला, चलचित्रमा सागरको भूमिकामा राजवल्लभ, चाँदनीको भूमिकामा युना र डाक्टरको भूमिकामा निखिल छन् । प्रतापसिंहको चरित्र सुनिल थापाले निर्वाह गरेका छन् । चलचित्रमा महेश खड्काको संगीत छ ।

No comments:

Post a Comment

Commments are made for all readers plzz don't forget to leave message after reading the news