Monday, September 7, 2009


कोशी तर्दै लोकसेवातिर......


यतिखेर म बौलाएको सप्तकोशी तर्दै कन्चनपुर पुगेको, सम्झिँदै आङ् जिरिङ्ग हुने यात्राको कुरा गरिरहेछु । लोकसेवा आयोगको परीक्षा दिन म दमकबाट बागलुङ्तिर हानिएको थिएँ । यो यात्राक्रममा कोशी तरेर सप्तरीको कन्चनपुर पुगेको सम्झना विचित्रको छ । मानिस आङ्खनो भाग्यको खोजीमा र सुनिश्चित भविष्य बुन्नका लागि नसोचेका अप्ठ्याराहरुसग जुध्नुपर्दोरहेछ । यो यात्राले मलाई सिकाएको छ ।
सरकारी जागिरको मोह कसलाई हुदैन र । अग्रजहरुको सल्लाह र आङ्खनो सपना अनुसार मैले यसपालि लोकसेवा दिने विचार गरेको थिएँ । मेरो कार्यगत क्षेत्र पशु तथा कृषि व्यावस्थापन भएकाले ना.प्र.सं (नायब प्राविधिक सहायक) पदका लागि भिड्न गइरहेको थिएँ । यो लोकसेवा म्युजिकल चियर खेलजस्तो रहेछ । कुर्सी सिमित छ तर खेलाडी अनेक । लोकसेवा परीक्षा दिनु डन्डीवियो खेलेजस्तो सजिलो होइन भनेर सरकारी जागिरेहरुले धक्कु लगाएको सम्झिँदै रातदिन एक गरेर तयारी गरेको थिएँ । उत्सुकताका साथ लोकसेवा सामग्रीहरुको अध्ययन गरेको थिएँ ।
मेरो यात्रा भदौ २४मा सुरु भयो । २३ गते रातिको न्रि्रा पातलो थियो । अन्यौलले घेरिएका भोलिदेखि सुरु हुने दिनहरुको स्मरणले न्रि्रादेवीलाई टाढै धपाएको थियो । झिसमिसेमै ओछ्यान छाडें । झोलाझयाम्टा अघिल्लै दिन रेडी थिए । मीठो न्रि्रा बिच्क्याएर मसगै उठेकी जहानले पकाएको चिया हतारमा पिए । भर्खरै बोली फुटेको छोरोको तोते 'बाई बाई बाबा' सुनू कि - मस्तराम बनेर निदाइरहेको थियो छोरो । उठाइ“न । म जहानलाई हात हल्लाउदै बाटा लागें ।म दमक चोकबाट इटहरीसम्मका लागि बस चढें । जानुपर्ने त झुम्का थियो र तर बसस्ट्याण्डमा बिराटनगरको बस लागिरहेको हुनाले ङ्खयाट्ट चढिहालें । 'इटहरीसम्म यसैमा हुइकिन्छु । त्यहा ओर्लेर झुम्काका लागि देखा जायेगा ।'
पहिलोपटक यति लामो यात्रा गर्नगइरहेछु भन्ने सोचले अचम्मको उत्साह मनमा भरेको थियो । तर कताकति अन्योल पनि थियो किनभने यो लामो यात्राले के कसरी कहा भन्ने प्रश्नहरु जन्माइरह्यो । अन्योललाई दबाउन र उत्साहलाई हौस्याउन एकमनले भन्दैथियो- 'घर ढुकेर बस्ने छोरोमान्छे काम लाग्दैन । छोरो बाटा लाग्यो । अब केही नगरी र्फकने छैन ।'
'ए इटहरी दाजु !'- खलासीले चिमेटेपछि पो झस्केँ । स्वप्नसंसारमा डुबुल्की मारिरहेका मलाई पथरी, कानेपोखरी आदिआदि परिचित ठाउ“हरु कटेर इटहरी आइपुगेको पत्तै भएनछ । मन सरकारी जागिर खाएर करर्सर् बसिरहेको थियो । आ“खा खुला भएता पनि चलायमान दृष्यहरुको भेउ यिनले पाएनछन् ।
मलाई जानुथियो झुम्का । इनरुवादेखि उता भारदहसम्म राजमार्ग पुरै भत्किएको थियो । वर्षौंदेखि अविछिन्न रहेर सवारीहरुलाई कोशी तार्दैआएको त्यो सडकखण्ड त्यही कोशीमा बगेको थियो । कोशीपारी पुग्नका लागि झुम्काबाट माथि उत्तर चतारा पुगेर डुङ्गाचढ्नुपर्ने बाध्यता थियो । झुम्का जानका लागि एउटा कुद्नै लागेको टेम्पोमा झुण्डिए“ । यो पुटुटुटु आवाज निकाल्दै धु“वाका काला मुस्ला छाडेर कुद्यो । कुद्यो पनि के भन्नु, घिस्रियो । एकहल गोरुले बर्खायामको भासमा सकिनसकी हलो तानेजस्तो । यसले छाड्ने कालो धु“वामुस्लो सास नै थुन्लाजस्तो थियो । यो देखेपछि मलाई यी साधन काठमाडौंबाट किन धपाइएका थिए भन्ने कुराको रहस्य खुल्यो । झुम्कामा दुइजना मेरै कदका“टीका र मेरो जस्तै सपना बोकेका दुई साथी भेटेँ( राजकिसोर र रामेश्वर । यी दुइ जवान इलाममा खरिदारका लागि लोकसेवा परीक्षा दिएर सप्तरीस्थित कन्चनपुर घर फिरेका रहेछन् । यिनलाई पनि मलाई जस्तै कोशी तर्नुपर्ने टन्टा थियो । चतारासम्मको यात्रा यी दुइसँग राम्रो जम्यो । यिनले इलाममा बटुलेको अनुभव मेरा लागि पाठ बनिरह्यो बाटाभर ।
चतारा पुगेर गड्गडाएर बगेको कोशी हेर्दै खाएको खानाको मीठो स्वाद अझैं सम्झन्छु । त्यहा कोशी किनारमा मानिसको अत्यधिक चहलपहल बढेको थियो । माझीहरुलाई भ्याइनभ्याइ थियो । मान्छेहरुबीच कोशी तर्न हानाथाप थियो । सबैलाई निकै हतार थियो । माझीहरु कोशीे किनारमा टोकन बाडदथे । प्रति टोकनको मुल्य बीस रुपैंया थियो । हामी पनि टोकन किनेर हानाथाप गर्दै डुङ्ग चढ्यौं । हाम्रा डुङ्गामा पचहत्तर जना थियौं । 'साठीजना क्षमता भएको डुङ्गामा किन यतिधेरै मान्छे चढाको - हामीलाई मार्ने विचार छ कि कसो -!' एकजना मधेसी दाइ कडि्कए । यो सुनेर मेरो मुटु चिसो भयो । हंसले ठाउ“ छोड्यो । आत्तिएको यात्रुभीड हल्लीखल्ली गर्नलाग्यो । 'अझै दशजना थपे पनि फरक पर्दैन' भनेर माझीले आश्वस्त पारेपछि मात्र जमात केही शान्त भयो ।
मनमा भय हुदाहुदै पनि मानिसहरुलाई अभाव र आवश्यकताले जोखिमतिर धकेल्दोरहेछ भन्ने अनुभव पहिलोपटक त्यति नजिकबाट भयो । 'कोसी माताकी जय'- डुङ्गा बाढीको लहरस“ग हुत्ति“दा आत्तिएका यात्रु एकसाथ चिच्याउथे । जुन कोशीले यो आतस निम्त्याएको थियो, त्यही कोशीलाई हामीहरु रहस्यमयी सुपरनेचुरल माता मानेर भक्तिरस गाइरहेका थियौं । प्राकृतिक विपतका बेला अज्ञात शक्तिको सहारा बाहेक अन्य विकल्प हामीस“ग नहुने रहेछ ।
पारी पुगेपछि पछाडि फर्किएर गर्जनाका साथ बगेको कोशीलाई नमस्कार गर्दै त्यो अज्ञात शक्तिलाई धन्यवाद दिने धेरै थिए । चतारापारिबाट रामपुर जानका लागि बेग्लै प्रबन्ध थियो । त्यहा“ मान्छे ओर्सार्न ट्रयाक्टरहरु थिए । जम्मा दुइई विकल्प थियो हामीस“ग । कि त मुस्ला फर्किनेगरी घण्टौं हि“ड्थ्र्यो । होइन भने कच्ची बाटामा गन्द्र्याङ र गुन्द्रुङ् गर्ने ट्र्याक्टरको डालामा गुन्द्रीमाथि पलेंटी मार्नुपर्ने हुन्थ्यो । हामीले दोस्रो विकल्प राज्या“ । 'भाडा चाहि“ सय टक्का लाग्छ है आ“खा चिम्लेर †' मधेसी मूलका ड्राइभर दाइले सुरुमै चेतावनी दिए । 'आ“खा चिम्लेर' दाइको थेगो रहेछ । हामीले पनि आखा चिम्लेर त्यो चर्को रकम थमाइदियौं किनभने हामीलाई रामपुरसम्मको दूरीको ज्ञान थिएन ।
त्यहा“ पनि मान्छेको हानाथाप उस्तै थियो । एकैछिनमा त्यहा“ मान्छेहरुको खा“दाखा“द भयो । त्यो भोगीरह“दा मलाई घरमा गुन्द्रुक बनाउन आ“गनछेउ सानो खाल्डोमा तोरीको साग खा“देको सम्झना भयो । त्यसैबखतको मेरो अर्को अनुभव पनि सुनाइहालौं । गुन्द्रुकझैं खा“दीएका मेरा सहयात्रीहरुले मलाई गुन्दु्रकको स्वादको पनि स्मरण गराइदिए । पसिनाले निथु्रक भिजेका ती बबुरा ज्यानहरुबाट असैह्य अमिलो गन्ध फैलिरहेको थियो । बाटाभर ट्रयाक्टरले मर्नेगरी थर्थर्कायो । रामपुर पुग्दा पि“धको हड्डी खिएर गएझैं आसन दुखिरहेको थियो ।
त्यो ट्रयाक्टरले हामीलाई दिउसो तीनबजेतिर रामपुर ओराल्यो । अब खाडलबाट गुन्द्रुक झिकेजस्तो भयो । म खा“दिएर गुन्दु्रुक भएको सागको त्यान्द्रो जिऊ तन्काए“ र आगे फत्तेपुर पुगेर रात्री बस चढ्न के गर्नुपर्ला भनेर गम खान थालें । पश्चिम जाने बस आज पाइएन भने -'आज कन्चनपुर मेरै घरमा बसौं । आराम गरेर भोलिमात्र जानुहोला ।'( रामेश्वरले प्रेमपर्ूवक भने । मेरो थाकेको ज्यानले उनको कुरो लत्याउन सकेन । रामपुरमा एउटा बस लागिरहेको थियो । हामी त्यसैमा चढ्यौं । बसमा यात्रु टनाटन भैसकेका थिए । सास फेर्नसमेत हम्मे थियो । तर एकघन्टा त्यसरी बसभित्र गुम्सि“दा समेत बसको हि“ड्ने सुरसार थिएन । कुरो के रहेछ भने चारहजार रकमसम्मको टिकट बिक्री नहुन्जेल बस नहि“डाएर मोटो रकम एकै झवा“कमा कमाउने विचार रहेछ गाडीवालाको । हामी चारैतिरबाट पिल्सिएका थियौं । ओरालो लागेको मृगझैं थियौं । लालची बाछाहरु जता लखेट्थे त्यतै दगुर्न बाध्य थियौं ।
हामी फत्तेपुर ओर्लियौं । त्यहा“ रामेश्वर र राजकिशोरले आङ्खना साइकल राखेका थिए । सा“झ पर्नैलागेको थियो । तीनभाइले पिरो चटपटे दर्इदर्इ सोली खायौं र साढे दर्ुइघन्टाको साइकल यात्राका लागि तयार भयौं । रामेश्वर र राजकिसोर एउटा साइकलमा अघि लागे । मैले अर्कोमा उनीहरुलाई पछ्याए“ । दिउसोको ट्रयाक्टर यात्राले खपिनसक्नु दुखाएको शरीर साइकलयात्रामा झनै दुःख्यो । मलाई त लागेको थियो यो अढाइघण्टे साइकल यात्रा नै मेरो लोकसेवा यात्राको अन्तिम पीडा हो । तर संकटको घडि सिद्धिएको रहेनछ । हामी तीन कसैले नसोचेको जे नहुनु थियो त्यही भयो । आधाघन्टा मात्र भएको थियो साइकलको चेन च्वाट्टै चुडियो ।
'ओ कुमारजी † पटका पडि्कएजस्तो के भयो -' रामेश्वरले साइकल रोके र पछाडि फर्किएर सोधे ।'कन्तविजोग हुने भो † साइकलको चेन चु“डियो ।'( मैले अमिलो अनुहार लगाए । राजकिसोर झनै अमिलिए किनभने यो लोदर साइकल उनकै थियो ।
नजिकै साइकल मर्मत पसल रहेनछ । हामी बिकल्पहीन जस्तै भयौं । अवाक् हामी परस्पर हेराहेर गरेर नया जुक्ति सोच्न थाल्यौं । यत्तिकैमा मलाई एउटा उपाय सुझयो । जसरी एउटा बिग्रिएको गाडिलाई अर्को गाडिले डोरीले तानेर उद्दार गर्दछ, त्यही आइडिया मलाई प्रयोग गरिहर्न मनलाग्यो । रामेश्वरले उनको झोलाको लामो फित्ता खुस्काए । त्यसको एकापट्टकि फेर मेरो बिग्रिएको साइकलको ह्याण्डिलमा र अर्को फेर सद्दे साइकलको क्यारिअरमा बाध्यौं ।
यो जुक्तिले काम गर्‍यो । तर, यो निकै गाह्रो काम थियो । क्यारिअरमा रामेश्वर र पछाडि अर्को विमारी साइकलमा मलाई घिसार्नुपर्दा राजकिसोरको प्राणपखेरु उड्लाजस्तो भएछ । पन्ध्रमिनेट जति पछाडि उनी साइकल रोकेर रुन्चे स्वरमा बोले ('लौ कुमारजी आज्ञा गर्नुहोस् । सास जालाजस्तो भो †'
मैले राजकिसोरलाई पालो दिए । एकैछिन पछि मेरो पनि धनुले काम गर्न छाड्यो । त्यसपछि चालकसिटमा रामेश्वर आए । यसरी तीन घन्टासम्म पालैपालो साइकल कुदाएर हामी राति आठ बजेमात्र रामेश्वरको घर पुग्यौं ।
रामेश्वरको घरमा उनकी आमामात्र हुनुहुन्थ्यो । हामी तीनभाइ घरपुग्नासाथ सिकुवाको गुन्द्रीमा खत्र्याकखुत्रुक हातखुट्टा ङ्खयाकेर बस्यौ । राजकिसोरको घर त्यही पर्तिर रहेछ । दिनभर एकै युद्धमैदानमा भीडेका तीन साथी छुट्टनि मनलागेन । उनी रामेश्वरकैमा बसे ।
आमाको हातको मीठो खाना खाएर ओछ्यान पस्दा रातको दश बजिसकेको थियो । राजकिशोर र रामेश्वर एकैछिनमा र्घर्न थाले । मेरो लोकसेवा यात्रा टुङ्गिएको थिएन । भोलि उठेर वागलुङ्तिर हानिनु थियो । तर पनि गन्तव्यमा आइपुगेझैं भएको थियो मलाई । बन्द आखामा उही कोशीको गड्गडाहट, डुङ्गा, ट्रयाक्टर साइकल सजिव दृष्यझैं आइरहे । कतिखेर भुसुक्क भएछु थाहै भएन ।

Monday, August 10, 2009

" HE MEET HER ON THE PARTY "

She was so outstanding, many guys chasing after her, while he so normal, nobody paid attention to him. At the end of the party he invited her to have coffee with him, she was surprised but due to being polite she promised. They sat in a nice coffee shop, he was too nervous to say anything she felt uncomfortable. She thought please let me go home....suddenly he asked the waiter, “would u plz give me some salt? I’d like to put it in my coffee."Everybody stared at him, so strange; his face turned red but still he put the salt in his coffee n drank it. She asked him curiously “why u have this hobby? He replied: when I was a little boy, I was living near sea, I like playing in the sea, and I could feel the taste of the sea, just like the taste of the salt coffee. Now every time I have the salty coffee, I always think of my childhood, think of hometown, I miss my hometown so much, I miss my parents who r still living there”. While saying that tears filled his eyes. She was deeply touched. thats his true feeling from the bottom of his heart. A man who can tell out his homesickness he must be a man who loves home, cares about home, has responsibility of home. Than she also started to speak about her faraway hometown, her childhood n her family. That was really nice talk, also beautiful beginning of their story. They continued to date. She found that actually he was a man who meets all her demands, he had tolerance, was kind hearted, warm, careful. He was such a good person but she almost missed him, thankx to his salty coffee. Than the story was just like every beautiful love story, the princess married to the prince. Then they were living happy life....And every time she made coffee for him, she put some salt in the coffee as she knew that’s the way he liked it. After 40 yrs he passed away, left her a letter which said:"My dearest, plz forgive me, forgive my whole life lie. This was the only lie I said u...the salty coffee. Remember the first time we dated, I was so nervous at that time, actually I wanted some sugar but I said salt. It was hard for me to change so I just went ahead. I never thought that it could be the start of our communication. I tried to tell u the truth many times in my life but I was too afraid to do that as I have promised not to lie to u for anything...Now I m dying, I afraid of nothing so I tell u the truth: I don’t like the salty coffee, wat a strange bad taste...But I have had the salty coffee for my whole life since I knew u,I never feel sorry for anything I do for u.Having u with me is my biggest happiness for my whole life. If I can live for the second time, still want to know u and have u for my whole life even though I have to drink the salty coffee again."Her tears made the letter totally wet.Someday, someone asked her,"wats the taste of salty coffee? It’s sweet she replied." Love is not to forget but to forgive, not to see but to understand, not to hear but to listen, not to let go but to HOLD ON~~~~~~Don’t ever leave the one u love for n the one u like bcoz the one u like will leave u for the one they love.........